नियम
दाना पदार्थको विश्लेषण तथा परीक्षण केन्द्रीय खाद्य अनुसन्धानशालाबाट हुने
:(१) ऐन तथा यस नियमावली बमोजिम दाना पदार्थको विश्लेषण वा
परीक्षण गराउनु पर्दा त्यस्तो विश्लेषण वा परीक्षण केन्द्रीय खाद्य
अनुसन्धानशालाबाट हुनेछ ।
(२) दाना पदार्थको विश्लेषण तथा परीक्षण सम्बन्धमा केन्द्रीय खाद्य
अनुसन्धानशालाले देहाय बमोजिम गर्नु पर्नेछ ः–
(क) ऐन अन्तर्गतको मुद्दा हेर्ने अधिकारी वा पुनरावेदन सुन्ने
अदालतले जाँचको लागि पठाएको दाना पदार्थको नमूनाको
विश्लेषण गरी प्रतिवेदन पठाउने,
(ख) दाना पदार्थ स्तर निर्धारण समितिलाई कुनै दाना पदार्थको स्तर
निर्धारण गर्नको लागि सहायतार्थ अनुसन्धान र अन्वेषण गरी
प्रतिवेदन प्रस्तुत गर्ने, र
(ग) दाना पदार्थ जाँच गर्ने सम्बन्धमा दाना जाँचकीहरूको
तालिमको प्रवन्ध मिलाउने ।